नौ दिनपछि बेपत्ता शव भेटियो

डिसी नेपाल
१२ कार्तिक २०७८ १६:२३

काठमाडौं ।नौ दिनपछि सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव भेटिएको छ ।

मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ ।

भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *