वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा पुगे रक्षामन्त्री रिजाल

डिसी नेपाल
१२ कार्तिक २०७८ १८:०२

धनकुटा । रक्षामन्त्री डा. मिनेन्द्र रिजाल कांग्रेस छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को वडा पार्टी कार्यालयको उद्घाटन गर्न धनकुटा आएका छन् । कार्यालय उद्घाटनका क्रममा उनले कम्युनिष्टले सरकार चलाउन नसकेका कारणले कांग्रेसले सरकारको नेतृत्व लिनु परेको बताएका छन् । कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भए पनि कम्युनिष्टहरूले देश हाक्न नजानेपछि सरकारमा जानुपरेको प्रष्टाए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री रिजालले कांग्रेसको आगामी महाधिवेशन सकेसम्म सहमतिमै हुनु पर्ने बताए । तर सहमति नभए प्रतिष्पर्धाबाट चुनिएका नयाँ नेतृत्वले संगठनलाई पुनउर्जा गर्ने बताए । मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको जनाए । उनले यो महाधिवेशनमा रुखको पुराना पात झरेर नयाँ पात पलाउनु पर्ने पनि बताए । करिब पाँच मिनेट सम्बोधन गरेका रिजालले सबैलाई दसैं तिहारको शुभकामना दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *