ताप्लेजुङमा कोरोनाविरुद्ध खोप लगाउने ३५ हजार
काठमाडौं ।ताप्लेजुङ जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने हालसम्म ३५ हजार रहेका छन्।
जिल्लामा १८ वर्ष पूरा भएका सबै नागरिकलाई पुग्नेगरी खोप आएको बताइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । जिल्लामा उक्त संख्या रहे पनि पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएका रायले जानकारी दिए ।
यस अवधिमा ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने प्रक्षेपण गरिएको भए पनि करिब ३० प्रतिशतले मात्र खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । यता अपेक्षाकृत जिल्लाका नागरिकले कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले नागरिकलाई अनिवार्य खोप लगाउन भनेको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले खोप अनिवार्य लगाउनुपर्ने समितिको बुझाइ रहेको छ ।
जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको सुनाए। पाण्डेले स्थानीय तहका पदाधिकारीलाई आ–आफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि आग्रहसमेत गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment