बूढानीलकण्ठमा आगलागीः १५ लाख बराबरको धनमाल नष्ट

डिसी नेपाल
१३ कार्तिक २०७८ १८:३४

काठमाडौं ।काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद रु एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *