मोटरसाइकल दुर्घटनामा १८ वर्षीय दासको मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७८ १६:२०

काठमाडौं ।झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *