जनप्रतिनिधिको पसलमै अवैध पटाका

डिसी नेपाल
१५ कार्तिक २०७८ २२:१८

काठमाडौं।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । पालिकाले सोमबारबाट बजार अनुगमन सुरु गरेको छ ।

आज पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठूलो संख्यामा पटका बरामद गरिएको हो । पसलका सञ्चालक राम किशोर रैदास बुद्धभूमि नगरपालिका ७ का वडा सदस्य किस्लावती चमाईनीका छोरा हुन् ।

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो । सोमबार पालिकाको वडा नम्बर ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए । अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेतसमेत गराएका थिए ।

अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रृंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरेको थियो ।
््सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवीसहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्र्याइएको विस्फोटक पदार्थ ९पटाका० समेत बरामद गरेको थियो । बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ । दशैँ अगाडीदेखि सुरु भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *