क्रिकेटर दीपक चहरकी बहिनी हिरोइन बन्दै, हेर्नुहोस् नयाँ हिरोइनका ३० तस्वीरहरु

डिसी नेपाल
१६ कार्तिक २०७८ १३:१८

काठमाडौं। भारतीय क्रिकेटर दीपक चहर केही दिनअघि आफ्नी गर्लफ्रेण्डलाई स्टेडियममै प्रपोज गरेर चर्चामा आएका थिए । अब उनकी बहिनी चर्चामा छिन् । दीपककी बहिनी मालती फिल्ममा डेब्यू गर्दैछिन् । मालतीले तमिल फिल्मबाट आफ्नो करिअरको सुरुवात गर्ने भएकी छिन् । मालतीले विनेश शिवान र नयनताराको प्रोडक्सन वाकिङ टकिङ स्ट्रबेरी आइसक्रिमसँग अनुबन्ध गरेकी छिन् ।

यो खबर मालतीले ट्वीटरमा शेयर गरेकी छिन् । उनका अनुसार यो फिल्मको हिस्सा बनेर उनी उत्साहित छिन् । फिल्म विनायकले निर्देशन गर्नेछन् र नयनतारा र विगनेश शिवानले बनाउनेछन् । मालती पेसाले अभिनेत्री र मोडल हुन् । फिल्ममा आउनुभन्दा पहिले उनले केही विज्ञापनमा काम गरेकी छिन् । उनले वेब सिरिज लेट्सम्यारी डटकममा पनि काम गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *