क्षेत्री समाज महासंघद्वारा देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम

डिसी नेपाल
१७ कार्तिक २०७८ ९:१७
36
Shares

काठमाडौं । क्षेत्री समाज महासंघले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महासंघले मंगलबार सांस्कृतिक कार्यक्रम गरी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै हिन्दु धर्मावलम्बीहरु तथा सबै देशवासीहरुलाई भाइचाराको सम्बन्ध कायम राख्न कार्यक्रम आयोजना गरेको क्षेत्री समाज तथा खड्का समाजका अध्यक्ष विष्णु बहादुर खड्काले बताए ।

त्यस्तै, नेपालीहरुको महान चाडपर्वले विशेष महत्व राख्ने बताउदै कार्यक्रमका अध्यक्ष मोहन सिंह खड्काले भने, ‘मौलिक चाडपर्व तथा रितीरिवाजलाई निरन्तरता दिई जोगाइराख्नु पर्ने राम्रा हाम्रा सभ्यता, संस्कृति तथा मौलिक पर्व हामी नेपालीहरुको पहिचान हो ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, क्षेत्री समाजका महासचिव बहादुर सिंह विष्ट, खड्का समाजका अध्यक्ष बाबुराम खड्का, पूर्व जर्नेल प्रेम सिंह बस्नेत लगायतले आ–आफ्नो मन्तव्य राख्दै शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा कलाकारद्वारा मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा आधुनिकताले हाम्रो पुरानो सभ्यता चालचलन भेष भुसा संस्कार र संस्कृतिको लोप हुँदै जानसक्ने सम्भावना भएकाले एकजुट भएर मौलिक पर्वको रक्षा गर्नु पर्ने मष्टो कुल देवता प्रतिष्ठानको पनि जोड रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *