लमजुङको दोर्दी गाउँपालिकाले गर्यो टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

डिसी नेपाल
१७ कार्तिक २०७८ ९:५०

काठमाडौं।लमजुङको दोर्दी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बैंकसम्म आउन नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले १ नम्बर वडादेखि ९ सम्मका नागरिकलाई टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको छ । अशक्त र अपांगता भएकालाई भने घरमै पुगेर प्रदान गरिएको हो । ग्लोबल आईएमई बैंक नौथर शाखाको समन्वयमा टोलटोलमा पुगेर प्रदान गरेकोगाउँपालिकाले जनाएको छ । नागरिकलाई दशैं लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।

अशक्त र अपांगता भएका नागरिकलाई बैंक सम्म आउन समस्या हुने भएकाले वडाको पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।नौथरसम्म आउन केही गाउँका नागरिकलाई १ दिन लाग्ने भएकाले विकटतालाई मध्यनजर गरी उक्त व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए । गाउँपालिकामा २ हजार ८ सय ८० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । बृद्धबृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *