चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण

डिसी नेपाल
१७ कार्तिक २०७८ १५:४१

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन् ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताए । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिएका थिए ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *