थप ४४७ जनामा सङ्क्रमण पुष्टि, ७ जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०७८ १६:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ६ हजार ५७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ र ३ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ९ हजार १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *