पेस्तोल सहित एक पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०७८ १६:५९

काठमाडौं ।कपिलवस्तुमा एक व्यक्ती पेस्तोल र लागुऔषध सहित पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–८ स्थित गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित पक्राउ गरेको हो ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए। आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *