पत्रकार महासंघको जग्गा खरिदका लागी देउसी भैलो खेलिँदै

डिसी नेपाल
१७ कार्तिक २०७८ १८:४१

काठमाडौं ।नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको जग्गा खरिदका लागि महासंघमा आबद्ध सम्पूर्ण पत्रकार मिलेर देउसी भैलो खेल्ने भएका छन् ।

लामो समयदेखि पत्रकार महासंघका लागि जग्गा खरिद गर्ने भनिए पनि आर्थिक अभावका कारण हालसम्म हुम्ला जिल्लामा पत्रकार महासंघको जग्गा र भवन नभएकाले देउसी भैलो खेलेर महासंघको जग्गा खरिद गरिने सचिव नन्द सिंहले बताए ।

कात्तिक १७ गते दिउँसो २ बजे नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले उक्त देउसी भैलो खेल्ने विषयमा छलफल गरेको हो । बैठकले कात्तिक १८ र १९ गते दुई दिन सम्पूर्ण पत्रकार मिलेर देउसी भैलो खेल्ने निर्णय गरेको छ । दुई दिनसम्म खेलेको देउसी भैलोबाट उठेको रकम जग्गा खरिदका लागि कोषमा राखिने सचिव सिंहले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *