डडेल्धुराका पहिरो पीडितको तिहार खल्लो

डिसी नेपाल
१८ कार्तिक २०७८ १९:०४

काठमाडाैं ।गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ ।

तिहारको माहौल छ । तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन । अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ । तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन् । खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुखेसो छ ।

‘न खेत रह्यो न त घर नै । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँडसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन् । राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *