आजदेखि नेपाल संवत् ११४२ सुरु, नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँदै

डिसी नेपाल
१९ कार्तिक २०७८ १०:३४
36
Shares

काठमाडौं।आज नेपाल संवत् ११४२ । नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसको सम्मानमा नेपाल संवत् मनाउन लागिएको हो । सरकारले शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतको चन्द्रमासिक गणनाको प्रचलन छ । साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठीलगायतका क्षेत्रमा पनि नेपाल संवतको प्रयोग गर्दै आएका छन् ।

शंखधर साख्वाले गरेका कामको उच्च कदर गर्दै २०५५ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभुति घोषणा गरेका थिए ।नेपाल संवत् ११४० अर्थात् १ साउन २०७७ देखि लागू हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अन्य सबै कामकाजमा विक्रम संवत्सँगै नेपाल संवतको अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *