अक्सिजन प्लान्टको उद्घाटन

डिसी नेपाल
१९ कार्तिक २०७८ २१:००

काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएकोहो । सङ्घीय सरकारको रु ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए। “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, मुख्यमन्त्री केसीले भने ।

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए ।

मुख्यमन्त्री केसीले आजै सीता महरा स्मृति पार्ककोसमेत उद्घाटन गरे । पूर्वसभामुख कृष्णबहादुर महराको पत्नी सीताको स्मृतिमा रोल्पा नगरपालिका–१ मेवाङमा उक्त पार्क बनाइएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *