माओवादीले तोक्यो प्रदेश २ को सबै जिल्लाको संयोजक
काठमाडौं। नेकपा माओवादी (केन्द्र)ले प्रदेश दुईको ८ वटै जिल्लाको संयोजक तोकेको छ। कात्तिक १९ गते प्रदेश २ का माओवादी केन्द्रका अध्यक्ष प्रल्हाद बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। माओवादी (सप्तरीको संयोजकमा उमेश कुमार यादवलाई चयन गरेको छ। त्यस्तै, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसीप्रसाद ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकको जिम्मेवारी रामदरेश कुशवाहले पाएका छन्।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment