केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

डिसी नेपाल
२२ कार्तिक २०७८ १३:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाा बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ। ९१ दिने ट्रेजरी आगामी २५ माघमा परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २७ वैशाख २०७९ मा परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *