भीम रावलको प्रश्न : १० बुँदे सहमति झापामा लागू हुने, सुदूरपश्चिममा किन नहुने?

डिसी नेपाल
२३ कार्तिक २०७८ ८:४१
304
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज (सोमबार) हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति विपरित भएको बताएका छन्। उपाध्यक्ष रावलले आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने चेतावनी दिएका छन्।

बैठक  बस्ने दिन विहानै रावलले समाजिक संजालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्। उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन्। उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमकमा परेकाले हो कि भन्दै आक्रोश पोखेका छन्।

रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बँुदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *