सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
२३ कार्तिक २०७८ ११:३०

काठमाडौं। सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ छ। बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *