बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन्। बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ। सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन्।
बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो। मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment