प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

डिसी नेपाल
२३ कार्तिक २०७८ १९:३४

काठमाडौं ।भारत भ्रमणमा ररहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे ।  उनी भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *