आगलागीबाट साढे चार लाखको क्षति

डिसी नेपाल
२४ कार्तिक २०७८ १६:३६

बैतडी ।बैतडीमा आगलागीबाट लाखौँको धनमालको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको हो ।

आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *