पानीपाेखरीमा किड्नी डेडिकेटेड अत्याधुनिक ‘प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा
काठमाडौं । राजधानीकाे पानीपोखरीमा किड्नी डेडिकेटेड ‘अत्याधुनिक प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा आएकाे छ। ल्याबकाे वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)का डिन प्राडा दिव्या सिंहले उद्घाटन गरिन्।
प्रथम प्याथोलोजी ल्याबसँगै अब मिर्गौला वायेप्सी परीक्षण गर्न नमुनाहरु विदेशमा पठाउनुपर्ने बाद्यता समाधान हुनेमा आफू विश्वस्त भएको प्राडा सिंहले बताइन्।
अत्याधुनिक उपकरणमा आधारित किड्नी प्याथोलोजी लगायत सम्बन्धित सम्पूर्ण सब स्पेशलाइज प्याथोलोजी सेवा एउटै छानामुनी रहेर उपलब्ध गराउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएकाे वरिष्ठ प्याथोलोजिष्ट डा निराजन मैनालीले बताए।
ल्याबका अध्यक्ष रहेका डा मैनाली भने ‘अब रगत जाँच गर्न देश बाहिर जान पर्दैन’ भन्ने मान्यताका साथ काम गरेका छौं। आआफ्नो विधामा स्पेशलाइज गरेका दक्ष प्याथोलोजिष्टको बलियो टिम छ।’
बिरामीले ल्याब रिपोर्ट बोकेर हिँड्नपर्ने समस्या समाधानका लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ। बिरामीले रिपोर्ट सो एपमा हेर्न सक्ने डा. मैनालीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment