ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७८ ८:१३
648
Shares
काठमाडौं । राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

बिहीबार बिहान ग्वार्काे चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो। तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *