एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : काेही पार्टी सदस्य नै नभएका, काेही ‘फरार’ सूचीका

डिसी नेपाल
२५ कार्तिक २०७८ १०:०५
488
Shares

ओखलढुंगा। नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताकाे उम्मेदवारी परेकाे छ।

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन्। निर्वाचन समितिले बिहीबार दिउँसाे सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सहमतिका लागि प्रयास भइरहेकाे एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए।

उम्मेदवार पार्टी सदस्य नभएकादेखि ‘फरार’ सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन्। उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीकाे पार्टी सदस्यता नभएकाे, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखकाे विधान अनुसारकाे याेग्यता नपुगेकाे भनेर निर्वाचन समितिले कैफियत लेखेकाे छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथाेकी प्रहरीकाे फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनकाे वारेसबाट उम्मेदवारी दर्ता गरिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *