किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा शिक्षक पक्राउ

डिसी नेपाल
२५ कार्तिक २०७८ २२:३४

काठमाडौं । किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

प्रहरीको मानव वेचविखन व्यूरोले कुलेश्वरस्थित जनमैत्री क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई पक्राउ गरेको हो । व्यूरो स्रोतका अनुसार शिक्षक ज्ञवालीले १७ वर्षीया किशोरीलाई यौन धन्दामा संलग्न गराउने गरेका थिए । उनले ती किशोरीलाई यौनधन्दामा लगाए वापत ग्राहकसँग कमिसन पनि खाने गरेको व्यूरो स्रोतको दावी छ । ज्ञवालीमाथि थप अनुसन्धान भइरहेको र किशोरीलाई पनि बोलाएर सोधपुछ गरी सत्यतथ्य जानकारी लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार खाजा पसलमा काम गर्ने ती किशोरीलाई पसलकी साहुनीसँग मिलेर अन्य ग्राहकसँग पठाउने गरेको र ती ग्राहकसँग ज्ञावालीले कमिशन लिने गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *