कस्तुरीको छालासहित तिमल्सिना पक्राउ

डिसी नेपाल
२८ कार्तिक २०७८ १७:४७

काठमाडौँ ।कस्तुरीको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा कस्तुरीको छालासहित २८ वर्षीय दिपेश तिमल्सिना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका १४ बल्खुबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान छाला र ४ थान छालाका टुक्रा सहित ललितपुर महांकाल गाउँपालिका ५ चन्दपुर घर भएका तिमल्सिना पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई शुक्रबार पक्राउ गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *