पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँः ऊर्जामन्त्री
काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोर्याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताए ।
“विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ”, स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै उनले भने, “स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”
जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भने, “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भने, “मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment