दार्चुलाबाट एमाले महाधिवेशनका लागि १२ जना छनोट
दार्चुला । नेकपा (एमाले) ले दशौँ महाधिवेशनका लागि दार्चुलाबाट १२ प्रतिनिधिको टुंगो लगाएको छ। संगठित सदस्यको संख्याका आधारमा दार्चुलाबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटी सचिव ज्ञानेन्द्रसिंह घर्तीले जानकारी दिए।
जिल्ला अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी छानिएका छन्। एमाले मार्मा गाउँ कमिटी इन्चार्ज देवसिंह महर र नेता हरदेव जोशी पनि महाधिवेशन प्रतिनिधि बनेका छन्।
महिलातर्फ अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहरा, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष मेनुका अवस्थी, महाकाली नगरपालिकाबाट दुर्गा धामी र दुहूँ गाउँपालिकाबाट गौरी बडाल छनोट भए।
दलिततर्फ शैल्यशिखरबाट लालबहादुर विक र लेकम गाउँपालिकाबाट दानीराम पार्की महाधिवेशन प्रतिनिधि बनेका छन् । दार्चुलामा एमालेका ६ हजार ६ सय ७९ संगठित सदस्य छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment