कांग्रेस महाधिवेशन : ओखलढुंगामा कुन समूह बलियो ?
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औँ महाधिबेशनको संघारमा छ। केही जिल्लामा क्रियाशिल सदस्यता बिवाद कायमै भएपनि महाधिबेशनको सरगर्मी बाक्लिएको छ। केन्द्रीय नेताहरु वडा तहदेखि आफू अनुकूलको नेतृत्व ल्याउन कसरत गरिराखेका छन्।
शेरबहादुर देउवा, बिमलेन्द्र निधि, कल्याण गुरुङले सभापतिको उम्मेदारी घोषणा गरिसकेका छन्। रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमान सिंहले पनि अनौपचारिक रुपमा सभापतिमा उम्मेदारी दिने बताइसकेका छन्। यद्यपी औपचारीक रुपमा घोषणा गर्न बाँकी छ।
यसरी कन्द्रीय सभापतिका लागि शिर्ष नेताहरुको प्रतिस्पर्धा हुँदै गर्दा पार्टीका युवा नेताहरु प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्री पदमा उम्मेदारी दिने घोषणा गरिसकेका छन्। अधिवेशनको रौनक केन्द्रीय नेतृत्व संगै जिल्ला अधिवेशनको राजनीतिक माहोलसमेत तातेको छ।
प्रदेश १ को ओखलढुंगा जिल्लामा पनि प्रतिस्पर्धात्मक अधिवेशनको रौनक देखिएको छ। जिल्ला सभापतिका लागि बालकृष्ण दाहाल र तेजेन्द्र खनाल मैदानमा उत्रिने भएका छन्। दुवै उम्मेदार पारिवारिक राजनीतिक पृष्ठभूमी भएका नेता हुन्। दाहाल शहिद पुत्र हुन् भने खनाल कुनै समय जिल्लाका नेता भोजराज खनालका पुत्र हुन्।
दाहाल सानै उमेरदेखी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा हुर्केबढेका र आफ्नो राजनीति यात्रा बढाएका नेता हुन्। उनी लामो समय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिबको जिम्मेवारी समेत बहन गरिसकेका नेता हुन्।
खनाल भने विद्यार्थी राजनीतिबाट उदायका नेता हुन्। २०४६ सालमा नेपाल विधार्थी संघको जिल्ला कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका उनले विभिन्न समयमा (नेवि.संघ) महेन्द्र रत्न क्याम्पसका अध्यक्ष, (नेवि.संघ) जिल्ला अध्यक्ष,१२ औँ महाधिवेसनमा ओखलढुंगाको जिल्ला सचिब हुँदै १३ औँ महाधिवेशनमा जिल्ला उपसभापती पदमा निर्वाचित भएका हुन्। योबीचमा पार्टीको बिभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै १४ औँ महाधिबेशनमा जिल्ला सभापति पदका लागि दाबेदारी पेश गरेका छन्।
ओखलढुंगा जिल्ला राजनीतिक हिसाबले सधैं नेतृत्वदायी भूमिकामा रहेको जिल्लाको रुपमा परिचित जिल्ला हो। कांग्रेस नेता पूर्वमन्त्री स्व.बलबहादुर राई, गोपाल राई जस्ता प्रभावशाली नेताको गृह जिल्ला हो। पछिल्लो समयका कांग्रेसका प्रभावशाली नेताहरु रामहरि खतिवडा, प्रदिप सुनुवार, दानबहादु बानियाँ, खिलानाथ दाहाल ,रुद्र अधिकारी लगायतका गृह जिल्ला समेत पर्दछ।
कुन समूहबाट को–को उम्मेदारी छन् ?
दाहाल समूहबाट उपसभापतिमा कमल तामाङ र शान्तिराज खड्काको उमेदवारी रहेको छ । त्यस्तै सचिव पदका लागि बिनोद केसी र राजाबाबु किराँतीको उमेदवारी रहेको छ। सहसचिवमा उज्जन बुढाथोकी र टेक बहादुर बुढाथोकीको उमेदवारी रहेको छ।
त्यस्तै खनाल समूहबाट भने उपसभापतिमा भुपेन्द्र बस्नेत र नवराज केसी रहेका छन्। त्यस्तै सचिव पदमा अजय लुइँटेल र राजकुमार ढुंगानाको उम्मेदारी रहेका छन्। सहसचिवमा प्रदिप बानियाँ र भोजकुमार श्रेष्ठको उमेदवारी रहेको छ।
कुन समूह बलियो ?
कुल ८ वटा स्थानिय तह रहेको ओखलढुंगा मा सबै पालिकाको सभापति आफू निकट रहेको खनाल समूहले दावी गर्दै आएको छ। खनाल समूहलाई जिल्लाको राजनीतिमा गहिरो प्रभाव राख्ने नेता रामहरि खतिवडा र वर्तमान जिल्ला सभापति प्रदीप सुनुवारको साथ रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment