तीन देशका राजदूतले गरे रारा क्षेत्रको भ्रमण (तस्बिरहरु)

डिसी नेपाल
२९ कार्तिक २०७८ २३:५०

काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरूले रारा क्षेत्रको भ्रमण गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलन सकिएको केही समय नबित्दै तीन देशका राजदूतहरू जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा परेको असरबारे अवलोकन गर्न रारा क्षेत्रको भ्रमणमा गएका हुन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्विटरमा लेखेका छन् । “हाम्रा देशहरूले जलवायु परिवर्तनको असर कम गर्न नेपालसँग गर्नुभएका साझेदारीहरूप्रति हामीलाई गर्व छ।

तस्बिरः अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरूको ट्विटरबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *