न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै, प्रधानन्यायाधीशकाे राजीनामा बटमलाइन

डिसी नेपाल
३० कार्तिक २०७८ १०:३७
36
Shares

काठमाडौं। सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ। मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए।

सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए। सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *