सर्वोच्चमा अदालतमा सबै खाले मुद्दामा सुनुवाइ

डिसी नेपाल
३० कार्तिक २०७८ १८:२७

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । पेसी तोकिएका इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका थिए । त्यसमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चुँडाल, न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सबै खाले मुद्दामा सुनुवाइ भएको हो । अरु इजलासमा भने बेन्च नबसेको, हेर्न नभ्याइने जनाएको हो ।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज संवैधानिक आयोगले पनि प्रेस विज्ञप्ति जारी गरी न्याय पाउने नागरिकको अधिकारलाई ध्यान दिन आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *