कर्णालीमा एकीकृत समाजवादीका शाही मन्त्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी* मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।
*सच्याइएको-(मुख्यमन्त्री कार्यालयले शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको बताएको थियो तर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । ) -सं
प्रतिक्रिया
Facebook Comment