सिन्धुपाल्चोकबाट डिजिटल एजुकेशन प्रोजेक्टको सुरुवात

डिसी नेपाल
२ मंसिर २०७८ १२:३४

काठमाडौं। सिन्धुपाल्चोकमा के फाउण्डेशन र टीन्स हेल्पिङको समन्वयमा डिजिटल एजुकेशन प्रोजेक्टको सुरुवात भएको छ। गत आइतबार सिन्धुपाल्चोकको इन्द्रावतीस्थित श्रीसबा सुधार आधारभूत विद्यालयबाट उक्त प्रोजेक्टको सुरुवात के फाउण्डेशनले औपचारिक रुपमा गरेको थियो।

के फाउण्डेशन फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको राज्यमा दर्ता भएको एक गैरनाफामुखी संगठन हो। यस संगठनको मुख्य उद्देश्य पशु कल्याण, दृष्टि हेरचाह, शिक्षा र विश्वव्यापी विशेषाधिकार प्राप्त बच्चाहरु र परिवारहरुको लागि खेलकुद विकासमा सहयोग पुर्‍याउनु हो।

के फाउन्डेशन ग्लोबल इंकका संस्थापक अध्यक्ष नवनीत कोइराला हुन् । अमेरिकामा विगत १८ वर्षदेखि बस्दै आएका कोइरालाले डिजिटल शिक्षा परियोजना नेपालको शिक्षा प्रणालीमा अनिवार्य हुनुपर्ने बताएका छन् ।

सफल उद्यमी एवं समाजसेवी अध्यक्ष कोइरालाले फाउण्डेशनको मुख्य दृष्टिकोण विज्ञान, प्रविधि, वित्त र गणितमा नयाँ सीपहरू सिक्नको लागि विश्वव्यापी रूपमा विद्यार्थीहरूलाई जोड्नु पर्ने बताएका छन् ।

१६ वर्षका प्रकुल न्यौपाने फ्लोरिडाको एक स्कुलमा कक्षा ११ मा अध्ययनरत छन् । टिन्स हेल्पिङका संस्थापकसमेत रहेका न्यौपानेले टिन्स संस्था बालबालिका र किशोरकिशोरीहरूलाई अध्ययनका विभिन्न क्षेत्रमा मद्दत गर्ने गैरनाफामूलक संस्था भएको बताएका छन् ।

उनको मुख्य फोकस भने डिजिटल शिक्षाको शक्तिको साथ तेस्रो विश्वका देशहरूमा अल्पसंख्यक बालबालिकाहरूलाई मद्दत गर्नु रहेको छ ।
प्रकुल न्यौपाने डिजिटलाइज एजुकेशन सब्जेक्ट म्याटर एक्सपर्ट (एसएमई)को रूपमा के फाउण्डेसन ग्लोबलको बोर्ड सदस्य पनि हुन्।

डिजिटल एजुकेशन प्रोजेक्ट भिजन प्रारम्भ गर्न प्रकुल न्यौपानेद्वारा स्थापित टीन्स हेल्पिङ गैरनाफामूलक संस्थासँग साझेदारी गरेको फाउण्डेशन इंकका संस्थापक अध्यक्ष कोइरालाले बताए।

न्यौपानेले भने, ‘हामीले भर्खरै यो परियोजना सुरु गरेका छौं। हाम्रो डिजिटल शिक्षा परियोजना रहेको श्रीलंका, भारत, अफ्रिका, जमैका, ल्याटिन अमेरिका र क्यारिबियन देशमा सम्पर्क गर्दैछौं । यसले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग जोड्नेछ।’

उनका अनुसार परियोजनाको मुख्य उद्देश्य डिजिटल शिक्षा अनुभवलाई सहज बनाउन विद्यालयहरूलाई आवश्यक उपकरणहरू कम्प्युटर, ट्याब्लेट, प्रोजेक्टर उपलब्ध गराउनुसमेत हो।

के फाउण्डेशनसँग नवनीत कोइराला, डा.पूजा कोइराला, सौरभ रिमाल र प्रतिमा शेर्पा आवद्ध छन्। कोइरालाका अनुसार फाउण्डेशनले महामारी र महामारीपश्चात आवश्यक परेकाहरुको लागि धेरैलाई सहयोग गरेको, गरिरहेको र आगामी दिनहरुमा आवश्यकतानुसार सहयोग गर्दै जाने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *