दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

डिसी नेपाल
२ मंसिर २०७८ १९:४१

सप्तरी ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहिबार बस र हायस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लादै गर्दा अस्पताल बाटोमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भीर छ।उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा ४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो ।

प्रहरी प्रवक्ता काफ्लेले दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *