शिक्षकको तथ्याङ्क उपलब्ध गराउन निर्देशन

डिसी नेपाल
२ मंसिर २०७८ २२:२६

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएका छन् ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क मागे । दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उनले निर्देशन दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *