लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरमा ‘फल्स बेस बक्स’

डिसी नेपाल
२ मंसिर २०७८ २२:५२

काठमाडौं ।नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।

सुनसरी देवानगञ्ज ४ नेपाल(भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा बरामद गरेको हो । गाँजासहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

उनको साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ । नेपाली बजारमा प्रति केजी १३ हजारमाथि खरीद बिक्री हुने गरेको छ । भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *