२९६ जना नयाँ सङ्क्रमित थपिए, ५ जनाको मृत्यु

डिसी नेपाल
३ मंसिर २०७८ १५:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा २९६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ७७७ जनामा पीसीआर परीक्षण गरिएकोमा २७१ जनामा र १ हजार १९५ जनामा एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ५३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *