आइतबारदेखि मौसममा सुधार हुने पूर्वानुमान

डिसी नेपाल
४ मंसिर २०७८ ७:४२
88
Shares

काठमाडाैं। तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन। अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे। यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन।

माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन।’ हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उनले बताइन्।

बिहान काठमाडाैं उपत्यकामा हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ। ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *