गायिकाले लाइभ कन्सर्टमा फ्यानको अनुहारमा पिसाब गरिदिएपछि…

डिसी नेपाल
४ मंसिर २०७८ १०:५२

काठमाडौं। अमेरिकी गायिका सोफिया उरिस्ता अफ्नो लाइभ कन्सर्टपछि निकै विवादमा परेकी छिन् । खासमा उनले यो लाइभ कन्सर्टमा यस्तो हर्कत गरिदिइन् जसका कारण उनको ब्याण्डले माफी माग्नु परेको छ । सोफियाले आफ्नो लाइभ कन्सर्टको क्रममा एक जना फ्यानको अनुहारमा पिसाब गरिदिएकी थिइन् ।

सोफियाको यो हर्कतलाई लिएर सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ र उसले यस विषयमा माफी मागिसकेकी छिन् । उनले सामाजिक संजालमा पोस्ट गर्दै आफू सधैं स्टेजमा आफ्नो सीमामा रहने बताउँदै आफूले यस्ता हर्कतको माध्यमबाट नभइ संगीतकै माध्यमबाट दर्शकको ध्यान आकर्षित गर्न मन पराउने बताएकी छिन् । उनले मानिसहरुलाई आहत गर्ने आफ्नो चाहना नभएको पनि बताइन् ।

गएको ११ नोभेम्बरमा सोफियाको लाइभ कन्सर्ट थियो । उनले स्टेजमा आफ्ना एक पुरुष फ्यानलाई बोलाइन् र त्यसपछि उनले पिसाब गरिदिइन् । सोफियाको यो हर्कतलाई लिएर फ्यानहरुले उनको निकै आलोचना गरे । केहीले यसलाई सोफियाको पब्लिसिटी स्टन्ट भने । यो घटनापछि सोफियाको ब्याण्ड ब्रास अगेन्स्टले पनि माफी मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *