कर्णाली प्रदेश सरकारले पहिलो चौमासिकमा पाँच प्रतिशत मात्रै बजेट खर्च गर्यो

डिसी नेपाल
४ मंसिर २०७८ १२:१७

काठमाडौं।कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८र०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म कूल बजेटको ४।८३ प्रतिशत बजेट खर्च भएको हो ।

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्ममा एक अर्ब ७६ करोड ४४ लाख ८२ हजार बजेट खर्च गरेको छ । यो कुल बजेटको ४।८३ प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षको पूँजीगतभन्दा चालूतर्फ बढी खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । ‘चालूतर्फको १४ अर्ब ८८ करोड १६ लाख १३ हजारमा एक अर्ब १२ करोड ३७ लाख एक हजार खर्च भएको छ । यो कुल खर्च भध्ये ७।५५ प्रतिशत खर्च हो ।’ उनले भनिन्, ‘विकासतर्फको २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमा ६४ करोड सात लाख ८० हजार भएको छ । यो कुल बजेटको २।९६ प्रतिशत हुन आउँछ ।’

सबैभन्दा धेरै मुख्य न्यायाधिवक्ताको कार्यालयले करिब १९ प्रतिशत बजेट खर्च गरेको छ भने रकमको हिसाबले सामाजिक विकास मन्त्रालयले ५७ करोड ८२ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ८३ करोड २१ लाख ३८ हजार र सबैभन्दा कम जल स्रोत तथा ऊर्जा विकास मन्त्रालयले १।४२ प्रतिशत मात्रै खर्च गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *