डुबेर युवकको मृत्यु

डिसी नेपाल
४ मंसिर २०७८ २०:१३

उदयपुर ।जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए ।

उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *