प्रेस सेन्टर बैतडीको अध्यक्षमा भट्ट

डिसी नेपाल
४ मंसिर २०७८ २१:४०

काठमाडौं ।प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन भएका छन् । प्रेस सेन्टर नेपाल बैतडीको आज सम्पन्न पाँचौँ जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोकर्ण बोहरा, महिला उपाध्यक्षमा लक्ष्मी जोशी, कोषाध्यक्षमा डिआर भट्ट, सचिवमा जनक साउँद र सहसचिवमा हरिसिंह साउँद चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र ऐरी, महादेव भट्ट, प्रकाश भाट, मानबहादुर बोहरा, नवीन बिष्टलगायत रहेका छन् । यस्तै, सम्मेलनले प्रदेश प्रतिनिधिमा भरत खत्री र डिआर भट्ट तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चन्द्रकान्त अवस्थीलाई चयन गरेको छ । प्रेस सेन्टर नेपाल बैतडीका निर्वतमान अध्यक्ष चन्द्रकान्त अवस्थीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) बैतडी जिल्ला समन्वय समिति संयोजक एवं प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट आदित्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टले पत्रकारहरूको हकहित र अधिकारका लागि प्रेस सेन्टर नेपालले सशक्त रुपले काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे। प्रेस सेन्टरलाई आवश्यक सहयोगका लागि माओवादी केन्द्रले सधैँ सहयोग प्रदान गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । पत्रकारिता क्षेत्रमा रहेका अनेकन समस्या समाधानका लागि प्रेस सेन्टर नेपाल एक नम्बर सङ्गठन भएर काम गर्ने विश्वास पनि भट्टले व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *