पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर
काठमाडौं। भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन्। संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन्।
शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए। शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो । शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment