पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका खेलाडीको मुखमा लाग्यो बल, एम्बुलेन्समा अस्पताल पठाइयो

डिसी नेपाल
५ मंसिर २०७८ १४:५१

काठमाडौं । वेष्ट इण्डिजको टिम २ टेस्टको सिरिजको लागि अहिले श्रीलंकामा छ । गल्लेमा पहिलो टेस्टको पहिलो दिन आइतबार ठूलो दुर्घटना भयो । आज पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका वेष्ट इण्डिजका जेरेमी सोलोजानोलाई सर्ट लेगमा फिल्डिङका क्रममा चोट लाग्यो । त्यसपछि उनलाई तत्कालै एम्बुलेन्समा राखेर अस्पताल लगियो ।

यो घटना खेलको २४ औं ओभरमा भयो । रोस्टन चेजको चौथो बललाई श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले लेग साइडमा पुल सट हाने । बल सिधै गएर सर्ट लेगमा फिल्डिङ गरिरहेका सोलोजानोको अनुहारमै लाग्यो । सोलोजानोले हेल्मेट त लगाएका थिए तर उनले तत्कालै हेल्मेट खोले र आत्तिएर ढले । करुणारत्नेले हानेको सट यति शक्तिशाली थियो कि हेल्मेटमा लाग्नासाथ त्यसको पछिल्लो भाग निस्कियो ।

तत्कालै टिमका फिजिनयो मैदानमा गएर उनको प्राथमिक उपचार गरे । तर, फिजियोको उपचारले पनि उनी उठ्न सकेनन् त्यसपछि तत्काल स्ट्रेचर ल्याएर उनलाई अस्पताल पठाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *