लक्ष्मी लघुवित्तको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मूख्य एजेण्डा

डिसी नेपाल
७ मंसिर २०७८ ११:१३

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ।

सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ।

यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ।

सभा प्रयोजनार्थ लक्ष्मीले ३० कात्तिकमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २९ कात्तिकसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *