सम्बन्धविच्छेदको चर्चाका बीच निकको भिडियोमा प्रियंकाको प्रतिक्रिया – Dcnepal

सम्बन्धविच्छेदको चर्चाका बीच निकको भिडियोमा प्रियंकाको प्रतिक्रिया

काठमाडौं। प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको चर्चाले उनीहरुका फ्यानहरुलाई आश्चर्यमा पारेको छ । खासमा प्रियंकाले आफ्नो इन्स्टाग्राममा आफ्नो नामबाट जोनस थर हटाएकी छिन् त्यसपछि उनको सम्बन्धविच्छेदको चर्चा बढेको हो । यही बीचमा निक जोनसको एउटा भिडियोमा प्रियंका चोपडाको प्रतिक्रियाले यो कुरा हल्ला मात्र हुन सक्ने संकेत गरेको छ ।

 

View this post on Instagram

 

A post shared by Nick Jonas (@nickjonas)

सम्बन्धविच्छेदको चर्चा चल्न थालेपछि निकले एउटा फिटनेस भिडियो शेयर गरेका छन् । जिममा वर्कआउट गरिरहेका निक भिडियोमा बाहिर चलिरहेको हल्लाप्रति ध्यान नदिइ आफ्नो फिटनेसमा केन्द्रित देखिएका छन् । निकको यो भिडियोमा प्रियंकाले कमेन्ट गरेकी छिन् । प्रियंकाले प्रतिक्रिया दिँदै लेखेकी छिन् ‘तिम्रो अंगालोमा मरिसकें ।’ प्रियंकाको यो प्रतिक्रियाले उनीहरुको सम्बन्धविच्छेद हल्ला मात्र हुन सक्ने संकेत दिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो