मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार

डिसी नेपाल
७ मंसिर २०७८ १९:४२

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधबार रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ ९-२४ मंसिरसम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ससभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र एक दशमलव ०५२६३१६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले आगामी २४ मंसिरमा साधारणसभा आयोजना गर्ने भएको छ । सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे आयोजना हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *